१० पुष २०८१, बुधबार

प्रचण्डले असहयोग गरेको भन्दै क्रसर उद्योग बन्द गर्ने उद्योगीहरुको घोषणा


काठमाडौँ । सरकारले असहयोग गरेको भन्दै लुम्बिनीका क्रसर उद्योगीहरुले क्रसर उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

उद्योग नवीकरण गर्न सरकारले असहयोग गरेको भन्दै उनीहरुले यस्तो घोषणा गर्नुपरेको बताएका छन् ।

नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७९ पुस २० गतेबाट क्रसर, बालुवा तथा खानी उद्योग बन्द गराई नेपाल सरकारको तर्फबाट छानबिन गरी कानुन बमोजिम अनुमति इजाजत लिएका उद्योगहरूको विवरण नै सार्वजनिक गरेको थियो ।

नेपाल सरकार मन्त्री परिषद्को बैठक ले दर्ता भई सञ्चालनमा रहेका, मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगहरूको हकमा ती उद्योगबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर शुल्क लगायतका राजश्व लिई २०८० असार मसान्तसम्म यथावत् रूपमा सञ्चालन गर्ने निर्देशन समेत भएको थियो ।

 

ताजा समाचार