काठमाडौ । संघीय संसदमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’ दर्ता भएपछि डेरी उद्योगीहरुले आपत्ति जनाएका छन् ।
सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली उद्योग र किसानलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनीहरुले डेरीको क्षेत्रमा आउने विदेशी लगानीलाई रोक्न आग्रह गरेका छन् ।
नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले शनिवार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी सुमित केडियाले सरकारले आफूहरुलाई उठीवास गराउन चाहेको आरोप लगाए । उनले भने, राज्यले विदेशी लगानी भित्र्याएपछि बाध्य भएर कारोवार छाडेर हामीलाई वैदेशिक रोजगारमा जानुपर्छ या उनीहरुको उद्योगमा काम गर्नुपर्छ ।’ डेरी क्षेत्रमा ३० अर्बको लगानी छ, एक अर्ब भन्दा बढी कर तिरिरहेका छौं, चाहिको क्वालिटीमा दुग्धजन्य पदार्थ उपलब्ध गराई रहेका छौं, चाहिने आवश्यकता पुरा गरिरहेका छौं भनि यहाँ किन चाहियो विदेशी कम्पनी उनले प्रश्न गर्नुभयो ।
विदेश लगानी त्यो क्षेत्रमा भित्र्याउनु पर्छ जहाँ लगानी छैन, उद्योग छैन, काम गर्ने मान्छे छैन, उत्पादन छैन, डेरी क्षेत्र त आफैमा सक्षम हुँदा हुँदै पनि राज्यले विदेशी कम्पनी ल्याउन लागेको भनि उनले आपत्ति जनाए ।