काठमाडौँ । काठमाडौँ उपत्यकाका वितरण हुने दुधमा कोलिफर्म भेटिएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको एक अध्ययनले गरेको हो ।
मन्त्रालयको प्रेस विज्ञप्तीअनुसार विभिन्न २५ कम्पनीका ४२ दुधका नमुनामध्ये एउटै व्याच नदोहोरिने गरी परिक्षण गरिएका ३६ नमुनामध्ये तीन नमुनामा मात्रै कोलिफर्म नामक जीवाण उपस्थीति नभएको भेटिएको छ । अर्थात् तीन उद्योगले वितरण गरेका दुधमा कोलिफार्म भेटिएको छैन ।
कोलिफर्म भेटिएका दुधमा सरकारको आफ्नै कम्पनी डीडीसीदेखि केडिया ग्रुपको सिताराम दुध, नोभा दुध, सफल दुधलगायत रहेका छन् ।
मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त अध्ययन गरेको हो । मन्त्रालयले गत जेठ २८ गते दुधको स्वच्छता र गुणस्तरको अवस्थाको अध्ययनका लागि विभिन्न ब्राण्डका नमुना परिक्षण गरेको थियो ।