१० पुष २०८१, बुधबार

गभर्नरको दाबी: अरु देशले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ


governer

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित मौद्रीक नीति ल्याएको बताएका छन् ।

आइबिएन मिडियाले आज काठमाडौँमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले आफूहरुले लचिलो मौद्रिक नीति ल्याएको बताएका हुन् ।

उनले भने, “घरजग्गा क्षेत्रमा गिरेको मनोबललाई उकास्न पनि मौद्रिक नीतिले केही व्यवस्था गरेकोछ ।” त्यस्तै चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत राखिएको बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ११ दशमलव पाँच प्रतिशत, छ प्रतिशतको आर्थिक वृद्धिदर रहेको उनले उल्लेख गरे ।

 

ताजा समाचार