९ पुष २०८१, मंगलवार

वाणिज्य बैंकहरूले गरे ८ अर्ब ५२ करोड नाफा, ग्लोबल आईएमईको सर्वाधिक


वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड नाफा कमाएका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साउन (एक महिना)मा सो नाफा गरेका हुन्।

साउनमा ग्लोबल आईएमई बैंकले सर्वाधिक ९९ करोड २ लाख नाफा गरेको छ।

त्यसैगरी नबिल बैंकले ७५ करोड ५ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड नाफा गरेको छ।

अन्य कुन बैंकले कति नाफा गरे?

नेपाल बैंकले ३६ करोड नाफा कमाएको छ। राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७ लाख, नबिल बैंकले ७५ करोड ५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७ लाख, स्टान्डर्ड चाटर्ड बैंकले २५ करोड ७ लाख, हिमालयन बैंकले ६३ करोड १ लाख, नेपाल एसबीआई बैंकले १६ करोड, एभरेष्ट बैंकले ३६ करोड ७ लाख, एनआईसी एशियाले ३८ करोड ४ लाख, माछापुच्छ्रे बैंकले १८ करोड ८ लाख, कुमारी बैंकले ५७ करोड, लक्ष्मी सनराइजले ४१ करोड ५ लाख, सिद्धार्थ बैंकले २९ करोड ९ लाख र कृषि विकास बैंकले ३३ करोड १ लाख नाफा गरेको छ।

ग्लोबल आईएमई बैंकले ९९ करोड २ लाख, सिटिजन्स बैंकले २४ करोड ७ लाख, प्राइम कमर्सियलले ४२ करोड, एनएमबी बैंकले ३८ करोड ३ लाख, प्रभु बैंकले २९ करोड ९ लाख र सानिमा बैंकले २५ करोड १ लाख नाफा गरेको छ।

 

ताजा समाचार