११ पुष २०८१, बिहीबार

टिकटकको पहुँचमा रोक नलगाउने सेवाप्रदायकलाई प्रचण्डले यसै नछाड्ने


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ ।

मंगलबार प्राधिकरणले  विज्ञप्ति जारी गरी  निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो ।

मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो ।

टिकटक बन्द गरिएको विषयमा विभिन्न समर्थन र आलोचना भइरहेको छ।

ताजा समाचार