१० पुष २०८१, बुधबार

वेयरहाउजिङको आईपीओ: पहिलो दिन नै मागभन्दा ३ गुणा बढी आवेदन


ipo

काठमाडौँ । आइतबारदेखि आईपीओ निस्कासन गरेको वेयरहाउजिङ कम्पनीमा मागभन्दा धेरै आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि आवेदन माग गरेकोमा आइतबार साँझ ५ बजेसम्म ३४ लाख ८५ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । परेको आवेदन माग गरिएको सेयर संख्याभन्दा ३ गुणाभन्दा बढी हो ।

कम्पनीमा पहिलो दिन ३ लाख १७ हजार ३८६ आवेदकले ३४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर माग गर्दै आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १३ मंसिरसम्म आवेदन दिन सकिनेछ ।

ताजा समाचार