११ पुष २०८१, बिहीबार

प्रभु हेलिकोप्टरले साढे ६ करोडको आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


प्रभु हेलिकोप्टर लिमिटेडले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ।

६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने कम्पनीले जनाएको छ ।

आइपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकोप्टर कम्पनी हुने दाबी प्रभु समूहको छ।

सन् २००९ मा स्थापना भएको यो हेलिकोप्टर कम्पनीले हाल एयरबस कम्पनीको एच१२५ र रोविन्सन कम्पनीको आर६६ हेलिकोप्टरमार्फत व्यावसायिक चार्टर उडान सेवा दिँदै आएको छ।

ताजा समाचार