४ पुष २०८१, बिहीबार

विद्युतमा कुलमानको ‘स्टन्ट’ र पदीय स्खलन


करौडौँ बक्यौता नबुझाएका उद्योगको बिजुली काटिदिएको नेपाल विद्युत् प्राधिकरण अन्ततः आफ्नो निर्णयबाट पछि हटेको छ । ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको प्राधिकरणले बक्यौता नउठाइ लाइन जोडिदिने निर्णय गरेको छ ।

६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको प्राधिकरणमाथि काटिएको लाइन जोड्न दबाब आइरहेको बताइएका बेला सो निर्णय भएको हो ।

कुलमान घिसीङले स्टन्ट गरेर लाइन काटेपछि उद्योगीहरु विभिन्न राजनीतिक दलका नेताहरु गुहार्न पुगेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डको पनि ध्यानाकर्षण गराएका थिए । तर, केही समय दिए पनि बक्यौता रकम नबुझाएपछि धमाधम लाइन काटेको प्राधिकरण अन्ततः आफ्नो कदमबाट पछि हटेको छ ।

शुक्रबार बसेको नेपाल विद्युत् प्राधिकरण संचालक समितिले काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको हो । काटिएको लाइन जोड्ने मन्त्रिपरिषद निर्णयको पत्र आएपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्नु परेको हो ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले समिति बनाएको छ भने उद्योगहरूको काटिएको बिजुली हाललाई जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो । तर कुलमानले त्यसलाई अटेरी गरे ।

मन्त्रिपरिषद्को निर्णय बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार नै नेपाल विद्युत् प्राधिकरणलाई लाइन जोडिदिन निर्देशन दिइसकेको थियो मन्त्रीपरिषद्को निर्णय प्रमाणित भएर आएलगत्तै मन्त्रालयले प्राधिकरणलाई बिहीवार दिउँसो नै पत्र पठाएको र त्यो पुगिसकेको प्रवक्ता सिंहले बताए । तर, त्यो निर्देशन कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणले अटेर गरेको थियो । यसले कुलमानको पदीय स्खलन भएको कुरा प्रष्ट देखाएको छ ।

 

ताजा समाचार