११ पुष २०८१, बिहीबार

क्षेत्रपाटीबाट करोडपति युवाहरु समातिए, हुण्डी कारोबार हुनसक्ने अनुमान


स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका छन् ।

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ ।

ताजा समाचार