८ पुष २०८१, सोमबार

रहेनन् पूर्वमुख्यसचिव शाक्य


पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ ।

नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको हुनुहुन्थ्यो ।

उहाँ डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कनुभएको थियो । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गर्नुभएका उहाँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत हुनुभयो । पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उहाँको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए ।

 

ताजा समाचार