श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् ।
सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् ।
‘युवाहरू विदेश जाँदा जहाजभित्र घण्टौंसम्म भोकै बस्नुपर्ने अवस्था छ,’ मन्त्री अर्यालले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एकपटकको खानाको व्यवस्था गरिदिनुहोस् ।’