धरान उपमहानगरपालिका— १४ विजयपुरका बृखबहादुर डंगोलले ९०औँ जन्मदिनको अवसरमा रु. एक करोड बराबरको जग्गा दान गरेका छन् ।
उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गएको ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई रु. एक करोड बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन् ।
‘प्राडा टङ्क प्रसाद न्यौपानकोे अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअगाडी स्थापना भएको थियो भने, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो ।