बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको रोइकराई बढेको छ ।
उनले सामाजिक संजालमा विभिन्न धम्कीपूर्ण स्टाटसहरु समेत लेख्न थालेका छन् ।
बलात्कार जस्तो गम्भीर अनि संवेदनशील मुद्दामा आफ्नो भनाई राख्नका लागि फोरम अदालत नै उपस्थित हुने भएपनि उनले सामाजिक संजालमा विभिन्न ध्मकीपूर्ण स्टाटस राख्न खोजेको देखिन्छ ।
उनले हिजो लेखेको स्टाटस पढ्नुहोस्,
I resepct the laws and order of the respective courts but I promise everyone to reveal the names of each and every single individual who played their roles in this conspiracy very soon including everyone who are involved in the case.
यसको अर्थ हुन्छ,
म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।
केही दिन अगाडी उनले सामाजिक संजालमा आफूमाथि षड्यन्त्र भएको दाबी गर्दै लेख लेखेका थिए । बलात्कारको मुद्दा चलिरहेकै बेलामा उनलाई अदालतले खेल खेल्न आदेश दिएको थियो, त्यस्तै क्यानले पनि उनको समर्थन गरेको थियो ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनले यस्तो स्टाटस लगातार लेखिरहनु ठिक भने छैन ।
लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा १७ वर्षकी किशोरीले उजुरी दिएकी थिइन्।
नेपालमा उजुरी दर्ता हुँदा लामिछाने क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए। केही समयपछि मात्रै नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ गरेका थिए।
जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि केही समय नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।