दक्षिण अफ्रिकासंग नेपाल एक रनले हारेको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनायो।
पराजित भएसँगै नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिका विरुद्धको आजको खेल जित्नैपर्ने दबाब थियो। दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।
खेलमा आशिफ शेखले सर्वाधिक ३२ रन अनि शाहले २७ दीपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए ।
यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । २३ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे ।