४ पुष २०८१, बिहीबार

संसद भवनमा सुरक्षा दिने जवानले आफैँमाथी गोली हानेर गरे आत्महत्या


काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् ।

प्रहरीका एक अधिकारीका अनुसार उनी आफैँले गोली हानी आत्महत्या गरेका हुन।  संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

सुरक्षामा खटिएका अजित गोलेले आज केहीबेरअघि आफैँमाथि गोली हानेको बताइएको छ । उनी शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।

ताजा समाचार