काठमाडौँ । आइसीसी टि ट्वान्टी अन्तर्गतको फाइनल खेलमा आज भारतले साउथ अफ्रीकालाई १७७ रनको टार्गेट दिएको छ ।
६ विकेट गुमाउंदै भारतले २० ओभरमा जम्मा रन १७६ ल्याउन सफल भयो ।
दक्षिण अफ्रिका आईसीसी प्रतियोगिताको पहिलो उपाधिको प्रतिस्पर्धामा रहँदा भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ । २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई पराजित गर्दै इतिहासमै पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताको फइनलमा प्रवेश गरेको थियो । भारतका लागि यो तेस्रो टी-२० विश्वकप फाइनल हो ।
यससंस्करण दक्षिण अफ्रिकाले टी-२० विश्वकपमा लगातार ८ खेल जित्दै अपराजित टोलीको रुपमा फाइनल सम्म पुगेको हो । जुन संयुक्त रुपमा विश्वकपमा सबैभन्दा लामो जितको सिलसिला हो । भारत पनि अपराजित रहँदै फाइनलसम्म पुगेको हो । तर समूह चरणमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।