७ पुष २०८१, आईतवार

डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशको मेची महाकालीको पाँच दिने अध्ययन अवलोकन


काठमाडौँ। नेपाल डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशले मेची महाकालीको पाँच दिने अध्ययन अवलोकन भ्रमण गरेको छ । एशोसिएशनले आफ्ना उद्योगीको स्तरोन्नतिका लागि तालिम, गोष्ठी एवं अध्ययन अवलोकन कार्य सञ्चालन गर्दै आएको छ ।

मेची महाकालीको पाँँच दिने अध्ययन अवलोकन भ्रमण गरेको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । नेपाल डेरी एशोसिएशन विसं २०५५ मा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीको हक हितमा काम गर्दै आइरहेको संस्था हो । २६औँ वर्षमा प्रवेश गरिरहँदा एशोसिएशनले सात प्रदेश र २३ जिल्लामा सङ्गठन विस्तार गरेको छ । देशभरका तीन सय २० दूग्ध उद्योगीहरु यस छाता सङ्गठनको सदस्य बनेका छन् ।

भ्रमणका क्रममा डेरी उद्योग, फार्म, विभिन्न धार्मिक एवं पर्यटकीयस्थलको अवलोकन गरिनुका साथै उद्योगका विषयमा पनि जानकारी लिने दिने गरिएको जनाइएको छ । भ्रमण उपलब्धिमूलक भएको एशोसिएशनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले जानकारी दिए ।

 

ताजा समाचार