वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बैठकले जेठ महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
यसअघि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो । बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित बैंकहरुले ब्याजदर बढाएका थिए।
माघमा नेपाल बैंकर्स संघले ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको थियो । तर वैशाखदेखि भने ९.९९ प्रतिशतमा झारिएको थियो।