४ पुष २०८१, बिहीबार

रेशम चौधरीको जन्मकैद फैसला सर्वोच्च अदालतद्वारा सदर


सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशमलाल चौधरीको विषयमा जन्मकैद सदर गरेको छ ।

सर्वोच्च अदालतले मङ्गलवार यसअघि जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने आदेश दिएको हो ।

मंगलबार आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेको हो।

न्यायाधीशद्वयको इजलासद्वारा जारी संक्षिप्त आदेशमा लेखिएको छ: “अन्य प्रतिवादीहरूको हकमा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने निजहरूको पुनरावेदन जिकिर पुग्दैन।”

 

ताजा समाचार