४ पुष २०८१, बिहीबार

घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ- रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेले सर्वोच्च अदालतसँग आफ्नो इस्युहरु जोड्दै आफूलाई इरिटेड गरिएको बताएका छन् ।

बिहीबार सामाजीक संजालमा एक लामो सन्देश लेख्दै उनले आफ्नो नागरिकता पाउनका लागि आफ्नो अमेरिकाको पासपोर्ट र भिसाको सम्पूर्ण निस्सा सरकारलाई बुझाइसकेको बताए ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।’

त्यस्तै उनले अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको उल्लेख गरेका छन् ।

‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं। घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।’ उनले लेखेका छन् ।

 

ताजा समाचार