९ पुष २०८१, मंगलवार

चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद


bises adalat

काठमाडौँ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

कैद सजाय हुने फैसला भएका तीनै जनालाई जनही रु दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार नौ सय ४९ बिगो र जनही रु चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ जरिवाना तोकिएको छ ।

ताजा समाचार