प्रहरीले ललिता निवास जग्गा प्रकरणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।
सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
ललिता निवास प्रकरणमा धमाधम पक्राउ परिरहेका छन् ।
त्यस्तै काठमाडौँ प्रशासनले अवैध संरचना हटाउने भएको छ ।