३ पुष २०८१, बुधबार

आर्थिक वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्याे सेयर बजार


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १२.१६ अंकले बढ्दै सेयर बजार २०९७.०९ को बिन्दुमा उक्लिएको छ ।

आइतबार सेयर बजार बढेपनि कारोबार रकम भने यसअघिको तुलनामा केही घट्यो । आइतबार ७१ लाख ८१ हजार २५४ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारोबार भयो ।

बढेको बजारमा आइतबार अधिकांश समूहमा हरियाली छायो । निर्जीबन बीमा समूहमा सबैभन्दा बढी १०७.३० अंकले बृद्धि भयो भने आइतबार जलविद्युत समूहमा सबैभन्दा बढी १७.४३ अंकले ओरालो लाग्यो ।

आइतबार सिबम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जीलगायतका कम्पनीको कारोबार उच्च रहेको थियो । सनराईज फोकस इक्यूटी फण्डको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा एनआइबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्डलगायतको मूल्यमा उच्च बृद्धि रह्यो ।

बजार बढेको भएपनि आइतबार लिबट्री इनर्जी, मकर जलविद्युतलगायतका कम्पनीको मूल्यमा भने उच्च गिरावट आएको छ ।

ताजा समाचार