११ पुष २०८१, बिहीबार

नेपाल टेलिकमले सुरु गर्यो १ जीबीपीएससम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा


नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ।

यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराएको थियो ।

हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो। सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ।

नेपाल टेलिकम नेपाल सरकारको झन्डै ९० प्रतिशतभन्दा बढी शेयर भएको सार्वजनिक संस्थान हो । यसले २०७१ बाट नै FTTH सेवा प्रादान गर्दै आइरहेको छ ।

ताजा समाचार