सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो ।
विकास ऋणपत्रको बोलकबोल साउन २८ र निष्कासन साउन २९ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
आठ वर्ष अवधिको विकास ऋणपत्र साउन २९ गते निष्कासन मिति तोकिएको छ भने यसको परिपक्व हुने अवधि २०८८ साल साउन २९ गते हुने छ ।
राष्ट्र बैंकले जारी गर्ने उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् ।
ऋणपत्रको ब्याजदर (कुपनरेट) बोल कबोलबाट निर्धारण हुने बताइएको छ । विकास ऋणपत्र खरिद गर्न इच्छुकले साउन २८ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्ने छन् ।
आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्ने छन् ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलबालालार्ई निष्कासित रकमको आठ अर्ब पाँच करोड (८५ प्रतिशत) र एक अर्ब पाँच करोड (१५ प्रतिशत) छुट्याइएको राष्ट्र बैंकले जनाएको छ ।