११ पुष २०८१, बिहीबार

खल्ती मार्फत् ‘रोड टु ग्लोबल ई स्पोट्र्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन गर्न सकिने


काठमाडौं– खल्तीले  ई स्पोट्र्स गेमिङप्रति बढ्दो रुचीलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट  गेम्सको सहकार्यमा ‘रोड टु  ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको  रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ ।  सो रजिष्ट्रेसन सुविधा यही श्रावण २४ देखि श्रावण ३० गते सम्मको लागि उपलब्ध हुनेछ ।

साउन  ३० देखि शुरु हुने यस टुर्नामेन्टमा डोटा २, पब जी,  स्ट्रिट फाईटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन् । ई स्पोर्ट्स गेमिङमा रुची भएका र खेल्न इच्छुक जोसुकैले पनि खल्ती मार्फत् रजिस्ट्रेसन गरी निःशुल्क सहभागिता जनाउन सक्नेछन् । प्रतियोगीहरुले गेमको नियमहरुमा सिमित रहेर प्रतिस्पर्धा गर्नेछन् । सहभागी मध्ये डोटा २ र पब्जी तर्फ १–१ टिम साथै स्ट्रिट फाईटर र ई–फुटबल तर्फ १–१ प्रतिस्पर्धी नेशनल क्वालीफायरका बिजेता बन्नेछन् । क्वालीफायरका बिजेताहरू साउदी अरेवीयामा हुने अन्तराष्ट्रिय ई स्पोट्र्स गेमिङ टुर्नामेन्टमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामीले ‘खल्ती’लाई डिजिटल वालेटको रूपमा मात्र नभएर ट्रेन्डी र लाइफ स्टाइल ब्रान्डको रूपमा प्रस्तुत गर्दै आईरहेका छौं, हामीले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमहरुको रजिष्ट्रेसन सुबिधाहरू पनि उपलब्ध गराउँदै आएका छौँ, त्यसै अनुरुप हामीले यस ई–स्पोट्र्स गेमिङको दर्ता सेवा उपलब्ध गराएका हौँ ।’

ताजा समाचार