बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।
कम्पनीहरुबिच प्रारम्भिक समझदारीपत्रमा २०८०/०५/०७ गते हस्ताक्षर भएको छ ।
त्यस्तै, गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ३ र ७ मा भएको व्यवस्था बमोजिम दुवै लघुवित्त वित्तीय संस्थाको आधारभूत शेयरधनीहरुको शेयर कारोवार रोक्का राख्नको लागि नेप्सेलाई अनुरोध गरेका छन् ।