नेपाल बीमा प्राधिकरणले ज खिम बहन गर्नका लागि पुनर्बीमा कम्पनीको चुक्ता पूँजी अझै पनि अपर्याप्त रहेको बताएका छन्।
नेपाल इन्स्योरेन्स डिस्कोर्स विषयक अन्तरकृया कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीका लागि कम्तीमा १५ अर्ब रुपैयाँ भन्दा बढी पूँजी कायम गर्नुपर्ने धारणा व्यक्त गरे।
अध्यक्ष सिलवालले जीवन बीमकको न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमकको चुक्ता पूँजी २ अर्ब करोड कायम गरिएको प्रसंग उल्लेख गर्दै पुनर्बीमकको पनि जोखिम बहन क्षमता वृद्धिका लागी चुक्ता पूँजी थप्नुपर्ने तर्क गरेका हुन् ।
पुनर्बीमा कम्पनीको न्यूनत्तम चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम गरिएको छ। दुई पुनर्बीमकमध्ये नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब रुपैयाँभन्दा माथि छ। निजी क्षेत्रद्वारा प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ मात्र रहेको छ।