१२ पुष २०८१, शुक्रबार

अष्ट्रेलियालाई भारतको अहिलेसम्मकै ठुलो लक्ष्य


दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले अस्ट्रेलियालाई ४०० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनायो ।

भारतका लागि शुभमन गिल र श्रेयस अय्यरले शतक बनाए । गिल १०४ र अय्यर १०५ रन बनाएर आउट भए । यस्तै सूर्यकुमार यादवले नटआउट ७२, कप्तान केएल राहुलले ५२ र इशान किशनले ३१ रन बनाए ।

बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रीनले २ तथा जोश हेजलवुड, सेन एबोट र एडम जम्पाले १र१ विकेट लिए ।

अस्ट्रेलियासँगको खेलमा भारतको यो अहिलेसम्मकै ठूलो टार्गेट हो ।

 

 

 

 

ताजा समाचार