२२ पुष २०८१, सोमबार

अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर, तर जम्मा ६ महिना कैद हुने


काठमाडौँ । विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो ।

अदालतले  भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना कैद हुने फैसला गरेको छ । त्यस्तै ९८ लाख २५ हजार ५ सय रुपैयाँ बिगो र सोहीबराबर जरिमाना गर्ने फैसलासमेत सुनाएको छ ।

शिक्षक पदबाट २०२६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी २०३६ सालमा शाखा अधिकृत भएका थिए । त्यसपछि विभिन्न मितिमा पदोन्नति हुँदै सचिवबाट २०६४ सालमा अनिवार्य अवकाश पाएका थिए ।

 

ताजा समाचार