१२ पुष २०८१, शुक्रबार

अदालतले ३ दिन हिरासतमै राख्नु भनेका अनमोल एकाएक कसरी भए रिहा?


काठमाडौँ । फिल्म रावायण को आर्थिक लेनदेन विवादमा हिरासतमा रहेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् ।

उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

शुक्रबार पक्राउ परेका केसीलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले उनलाई तीन दिनको म्याद थप गरेको थियो।

तर अदालतले उक्त तीन दिनको म्याद आजसम्मको लागि मिलान गरेको थियो। उनलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

 

ताजा समाचार