काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो।
आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
यसबारेमा प्रहरी तथा अन्य निकायहरुले आवश्यक छानबीन गरिरहेका छन् ।