८ पुष २०८१, सोमबार

प्रभु बैंकबाट प्रभु ग्रुपसहित ५ संस्थापक बाहिरीँदै


प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् ।

बैंकबाट एकैपटक ५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक ५ जना सेयरधनीहरुले ६ लाख ११ हजार ४४३ कित्ता सेयर बेच्न लागेका हुन् ।

बैंकले संस्थापक सेयरधनी प्रभु ग्रुप प्रा.लि.को स्वामित्वमा रहेको ४ लाख ९७ हजार ३६९ कित्ता, पुण्य प्रसाद बरालको १९ हजार ५१५ कित्ता, नविन अधिकारीको १५ हजार कित्ता, नेत्र नाथ अधिकारीको १० हजार ८३० कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ६८ हजार ७२९ कित्ता कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

ताजा समाचार