गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि “आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा सुरुवात गरेको छ ।
यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ० प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने छ ।
बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरुले योे सुविधा मार्फत लाभ उठाउन सक्नुहुनेछ । बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ ।