सिद्धार्थ बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
बैंकका अनुसार संस्थापक सेयरधनी प्रदिप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ९५ हजार १० कित्ता गरी कूल ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकको उक्त सेयर खरिद गर्न इच्छुकले विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।