१ पुष २०८१, सोमबार

ग्लोबल आइएमई बैंकले यी ५ शाखाबाट मात्रै दशैंका लागि नयाँ नोट साट्ने


ग्लोबल आइएमई बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही सुविधा दिने भएको छ ।

बैंकका अनुसार आज असोज २९ गतेदेखि उपत्यकाका लागि विभिन्न ५ शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ । काठमाडौंको कान्तिपथ, कमलादी, धापासी शाखा, ललितपुरको पुल्चोक (जावलाखेल) र भक्तपुरका लागि सुर्यविनायक शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ ।

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।

 

ताजा समाचार