११ पुष २०८१, बिहीबार

प्रिमियममा आईपीओ जारी गर्न हिमालयन रिले पायो अनुमति, प्रतिकित्ता कति ?


हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । इन्स्योरेन्सले कार्त्तिक १ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई कूल ६ अर्ब १८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल तीन करोड कित्ता सेयर प्रतिकित्ता २०६ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १०६ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो ।

पुनर्बीमा व्यवसाय गर्दै आएको कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल मार्केट रहेको छ ।

 

ताजा समाचार