१२ पुष २०८१, शुक्रबार

अब ट्राफिक चेकजाँचमा मोबाइलमै लाइसेन्स देखाए हुने, लाइसेन्स बोक्नुपर्ने झन्झट हट्यो


अब सवारी चलाउँदा सवारीचालक अनुमति पत्र बोक्न नपर्ने भएको छ ।

नागरिक एपको फेसबुक पेज मार्फत सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरीहरुले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ । यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्’।

यस अघि नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता नदिएको भन्दै सदनदेखि सरोकारवालासम्मले आलोचना गर्दै आएका थिए ।

 

ताजा समाचार