४ पुष २०८१, बिहीबार

मन्त्रीपरिषद्को निर्णय: खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्र गौतम


काठमाडौ । खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा इन्जिनियर रुद्रप्रसाद गौतम नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको अध्यक्षमा गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको हो ।

उनी ललितपुर महानगरका पूर्व प्राविधिक प्रमुख हुन् । उनले केयूकेलको एमडी ÷जिएमको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

ताजा समाचार