९ पुष २०८१, मंगलवार

६ जना चढेको जहाज स्क्रीनबाट हरायो, दुर्घटनाको आशंका


६ जना यात्रारत एक जहाज स्क्रीनबाट हराएको रुसी उड्डयन निकायले जनाएको छ ।

भारतबाट उज्बेकिस्तान हुँदै मस्कोतर्फ गइरहेको जहाज सम्पर्कविहीन भएको उक्त रुसी निकायले जनाएको हो।

त्यो विमान ‘एअर एम्बुलेन्सका रूपमा प्रयोग भएको’ रुसी उड्डयन निकायको भनाइ छ।

उत्तरी अफगानिस्तानका तालिबान अधिकारिहरूले बदअख्शान प्रान्तको दुर्गम क्षेत्रमा एउटा जहाज दुर्घटनामा परेको खबर आएको बताएका छन्।

उनीहरूले दुर्घटना भएको भनिएको क्षेत्रतर्फ एउटा टोली पठाइएको पनि जानकारी दिएका छन्।

समाचार संस्था रोएटर्सका अनुसार रुसी अधिकारीहरूले उक्त विमान ‘एअर एम्बुलेन्स’ भएको बताएका छन्।

 

ताजा समाचार