९ पुष २०८१, मंगलवार

ललितानिवास जग्गा घोटाला: पूर्वमन्त्रीलाई सफाई, हाकिमहरुलाई सजाय


पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय गच्छदारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उन्मुक्ति पाएका छन् ।

न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा माघ २ देखि निरन्तर चलेको मुद्दाको सुनुवाइ मंगलबार सकिएको थियो ।

सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लगिएको यस प्रकरणमा त्यसबेलाका भौतिक योजना तथा निर्माणमन्त्री गच्छेदारले नीतिगत निर्णय गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । तर, विशेष अदालतले क्याविनेटको निर्णयमा मन्त्रीको एकल भूमिका नहुने तर्क गर्दै उनलाई सफाई दिएको हो ।

प्रकरणमा मुछिएका मालपोत कार्यालय, डिल्ली बजार र भूमिसुधार कार्यालयका तत्कालिन कर्मचारीहरू र भूमाफियाहरुलाई भने दोषी ठहर गर्दै सजायँ सुनाएको छ ।

अदालतले रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जनाए । उनका अनुसार दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि छन् ।

 

ताजा समाचार