काठमाडौँ । झापाको दमक नगरपालिकास्थित बालुवाटारको तीन सय ६४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न व्यक्तिहरु विवादमा तानिएका छन् ।
किर्ते कागज बनाएर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले दमक नगरपालिका वडा नम्बर १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोलाको दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको अख्तियारको दाबी छ ।