४ पुष २०८१, बिहीबार

रुसमा कन्सर्ट हलमा आक्रमण: १०० जना बिते


रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा शुक्रबार राति गरिएको आक्रमणमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । १५०  भन्दा बढी मानिस घाइते छन् ।

बीबीसीका अनुसा युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

आक्रमणकारी को थिए र कहाँबाट आएका थिए भन्ने बारेमा धेरै जानकारी नभएको रुसी अधिकारीको भनाइ छ ।

चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)को एक समूहले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमण गर्ने बन्दुकधारी त्यहाँबाट भागेको आईएसले जनाएको छ ।

 

ताजा समाचार