४ पुष २०८१, बिहीबार

एन्फा अध्यक्षलाई खेल मन्त्रीको निर्देशन: ५ दिनभित्र हिसाबकिताब मिलाउनु, नत्र राम्रो हुन्न


युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गरेका छन्। दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलबार रंगशालाको निरीक्षण गरेका हुन्।

उनले (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न गरेका थिए।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) का सदस्यसचिव टंकलाल घिसिङले पनि रंगशालाको आवश्यक मापदण्डबारे आफूहरूलाई एन्फाले जानकारी नगराएको उल्लेख गरे।

साथै सरकार या खेलकुदको प्रशासकीय निकाय राखेप र प्रतिनिधि मण्डलबीच एन्फाले छलफल नगराएको पनि राखेपले आरोप लगाएको छ।

दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हो। तर एएफसी प्रतिनिधिले केही समयअगाडि दशरथ रंगशालाको निरीक्षण गर्दै त्यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुन अयोग्य रहेको रिपोर्ट प्रश्तुत गरेका थिए।

केही दिन अगाडि मात्र एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न दशथ रंगशाला अयोग्य रहेको पत्रचार गरेको थियो।

त्यससँगै विश्वकप छनोटचरणमा बहराइनसँगको घरेलु मैदानमा खेल गुमाएको नेपालले संयुक्त अरब इमिरेट्स (युएई ) सँग पनि ‘होम म्याच’ गुमाउने भय बढेको छ।

मन्त्री श्रेष्ठले एन्फा र राखेपबीच समन्वयनको अभाव देखिएको र तीमध्ये फ्लट लाइटमा केही समस्या आएको उल्लेख गरे। यी आवश्यक पक्ष सुधार गर्दै पाँच दिन भित्र रिपोर्ट बुझाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको मन्त्री श्रेष्ठले बताए।

ताजा समाचार