सरकारले आज बजेटबारे निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजेट राम्रै भएको प्रतिक्रिया दिएकी छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ ।
महासङ्घका अध्यक्ष चन्द्र ढकालले कृषि, पर्यटन, ऊर्जा, स्टार्टअप, आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै त्यसलाई सकरात्मक रुपमा लिनुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेट राम्रो भएको तर राजस्वसम्बन्धी कुरामा प्रश्न उठाए । उनले राजस्व संकलन कसरी गर्ने भन्नेमा चिन्ता व्यक्त गरे ।