४ पुष २०८१, बिहीबार

मंगलबार ह्वात्तै बढ्यो नेप्से, यी हुन् बढी कमाउने कम्पनीहरु


 

हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से ह्वात्तै बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ ।

त्यस्तै आज ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ ।

रु १० करोड पाँच लाख १५ हजार चार सय ३९ मूल्य बराबरको शेयर कारोबार गरेर शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।

नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ९९ लाख २७ हजार नौ सय ४५, एनआइसी एशिया बैंक रु सात करोड २३ लाख ६१ हजार दुई सय १३ को कारोबार गर्न सफल भएका छन् ।

ताजा समाचार