९ पुष २०८१, मंगलवार

‘लम्पी स्किन’को महामारी ७४ जिल्लामा फैलियो, ४ महिनामा मरे साढे ९ हजार पशु


देशभरका गाई भैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापक रूपमा फैलिएको छ ।

चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखा परेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार ४१० गाई, गोरु र भैँसी मरेको तथ्यांकले देखाएको छ ।

हालसम्म तीन लाख ५५ हजार ६९८ पशु सङ्क्रमित भएका छन् ।

यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ ।

यो रोग भैँसीको तुलनामा विशेष गरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखा परेको छ ।

ताजा समाचार