काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।
भूपाल बरालको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा उत्तरकुमार खत्री, धनिराम शर्मा र बाबुराम सुवेदी सदस्य छन्।
अर्थमन्त्री महतले बराल, खत्री र सुवेदीलाई मन्त्रालय भित्र्याएर समिति बनाएका हुन्। तीनै जना अर्थ मन्त्रालयका क्याडर हुन्।
उनले बजेट बनाउन दुई महिना कम रहेकाले हतारहतार कर्मचारी भित्र्याएर समिति गठन गरेका हुन्।