३ पुष २०८१, बुधबार

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै


संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज आउँदै छन् ।

उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नेछन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ ।

साथै उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न गरिएका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम रहेको छ ।

उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।

 

ताजा समाचार